
महेन्द्र मावि, पदमपोखरीको २१ कोठे भवनको शिलान्यास
भूकम्पका कारण पूर्णरुपमा क्षतिभएको महेन्द्र माध्यामिक विद्यालय, पदमपोखरीको २१ कोठे भवनको आज शिलान्यास भएको छ । जाइकाको ऋण सहयोगमा पुननिर्माण प्राधिकरणअन्तर्गत जिल्ला कार्यान्वयन ईकाइ शिक्षामार्फत निर्माण हुने भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभयो । भवन शिलान्यासगर्दै मुख्यमन्त्री पौडेलले हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिनुपर्ने धारणा राख्नुभयो । पौडेलले हाल विद्यालयलाई बेरोजगार...