कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु

बाग्मती खबर
१० मंसिर २०७७, बुधबार १९:०७

काठमाडौं – नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप १ हजार ९४८ नयाँ संक्रमित थपिएकाछन् । देशमा कूल संक्रमितहरुको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।  संक्रमितमध्ये अहिलेसम्म २ लाख ७ हजार ९९८ जना संक्रमण मुक्त भएकाछन् । गत २४ घण्टामा थप २८ जनाको मृत्यु भएसँगै कुल मृतकहरुको संख्या १ हजार ३८९ पुगेको छ ।  नेपालमा अहिले सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६३९ पुगेको छ ।