मकवानपुरको मनहरीबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने गिरी पक्राउ

बाग्मती खबर
१९ मंसिर २०७७, शुक्रबार १२:१८

मकवानपुर- पश्चिमी मकवानपुरको मनहरीमा दुईवर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेकाछन् । मनहरी गाउँपालिका ९ की दुईवर्षीया बालिकालाई चकलेट किनिदिन्छु भनी यौन दुव्यवहार गर्ने सोही ठाउँका हरिशरण गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरीले घरमा खेलीरहेकी बालिकाको सुरुवाल खोली योनीमा औंला घोचकाथिए ।
अभियुक्त गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर थुनामा रोखेको जनाइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।