सरकारको निर्देशनपछि कोरोना बीमा रकम भुक्तानी शुरु, १४ हजारले पाए बिमा रकम

बाग्मती खबर
८ पुष २०७७, बुधबार ०८:५०

काठमाडौं- सरकारको निर्देशनपछि कोरोना बीमा गरेका संक्रमितहरुले कोरोना बीमा वापतको रकम पाउन थालेकाछन् । हालसम्म १४ हजारभन्दा बसंक्रमितहरुले बीमा वापतको रमक प्राप्त गरेको बीमा समितिका अध्यक्ष राजुरमण पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा स्वीकृत हुने प्रक्रियामा छ । बिमक संघका अनुसार, ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने तयारी छ ।

बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । श्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउन पर्दैन ।