बागमती प्रदेशका ३ मन्त्री द्धारा राजिनामा

आजनै मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
बाग्मती खबर
१० पुष २०७७, शुक्रबार १२:१६

हेटौडा-बागमती प्रदेशका ३ जना मन्त्रीले सामुहिक राजिनामा दिदै आजनै मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
वागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल , सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले आज राजिनामा दिएको वताइएको छ । ३ नै जना मन्त्रीहरु प्रचन्ड माधव नेपाल समुहको नेकपाका केन्द्रिय सदस्य हुन् ।
आजनै बागमती प्रदेशको प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको आन्तरीक मामिला तथा कानुन मन्त्री सालिकराम जमकट्टेलले वताउनु भयो ।