बस्तीपुरमा बस पल्टिदा एकजनाको मृत्यु, ८ घाइते

बाग्मती खबर
११ पुष २०७७, शनिबार १५:४५

मकवानपुरको हेटौंडामा यात्रुबाहक बस दुर्घटनाहुँदा एकजनको मृत्यु भएको छ भने ८ जना घाइते भएकाछन् । पूर्वपश्चिम राजमार्गको हेटौंडा – नारायणगढ सडक खण्डअन्तर्गत बस्तिपुरमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनाहुँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको हो । १८ जना सवार बस पल्टिदा ९ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर एकजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेहरुको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।