क्रिसमसको अवसरमा राहत वितरण

बाग्मती खबर
११ पुष २०७७, शनिबार १६:५९

हेटौंडा- हेटौंडा ८ कमानेमा रहेको ग्लोरियर्स चर्चले बृद्ध तथा अर्थिकरुपमा विपन्नहरुलाई राहत वितरण गरेको छ । चर्चले इशाईहरुको महान चाड क्रिसमसको उपलक्ष्यमा आर्थिक अवस्था कमजोर भएका तथा अशक्त एक दर्जन परिवारलाई राहत वितरण गरेको हो । क्रिसमसको अवसरमा चर्चमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको चर्चले विभिन्न रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको अयोजना गरेको चर्चका पास्टर मोहन शाहले बताउनुभयो । हामीले आर्थिक अवस्था कमजोर भएका एक दर्जन घर परिवारलाई राहत वितरण गर्यौ, राहत वितरणको हिसाबले यो हाम्रो पाँचौ कार्यक्रम पनि हो उहाँले भन्नुभयो ।
चर्चले यसअघि कोरोना भाइरसका कारण गरिएको लकडाउनका क्रममा समस्यामा परेकाहरुलाई चरणवद्धरुपमा राहत वितरण गरेको थियो ।