कोरोना संक्रमित हुनेहरुको संख्या क्रमशः घट्दै, पछिल्लो २४ घण्टामा  देशमा ४२६ जना संक्रमित

बाग्मती खबर
१७ पुष २०७७, शुक्रबार १६:१८

काठमाडौं – कोरोना संक्रमित हुनेहरुको संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा  देशमा ४२६ जना संक्रमित मात्रै थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार २२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।