स्काउटलाई सहयोग गर्न प्रदेश सरकार तयार

बाग्मती खबर
१७ पुष २०७७, शुक्रबार १६:२५

 

हेटौँडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्काउटलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको वताउनुभएको छ । नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यहाँले मर्यादित समाज निर्माणमा लाग्न आग्रह गर्नुभयो । समाजमा उदाहरणका रुपमा काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।

आफ्ना संस्थालाई कस्तो बनाउने भन्ने कुरा आफ्नो हातमा रहेको उहाँले वताउनुभयो । स्काउटले सिङगो समाजलाई रुपमान्तरण गर्नका लागि सहयोग पुर्याउने वताउनुभयो । उहाँले ले हामी सबैले समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनेपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलीयाले नेपाल स्काउटलाई सरकारले सहयोग गर्ने वताउनुभयो । स्सकाउटको अभियानलाई घरघर सम्म पुर्याउनुपर्ने वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभाका सदस्य दिपक निरौला, नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, बागमती प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर बिके, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामा लगायतकाको आतिथ्यता रहेको थियो । मुख्यमन्त्री पौडेललाई आजैको कार्यक्रम मार्फत नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रुपमा दिक्षित गरेको छ।