गाउँपालिका उपाध्यक्ष विष्टले दिनुभएको राजीनामा स्वीकृत, मैले राजीनामा दिएको छैन -विष्ट

बाग्मती खबर
१९ पुष २०७७, आईतवार १०:५८

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । उपाध्यक्ष विष्टले गत मंसिर २९ गते राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो ।

उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको बताउनुभएको छ । शुरुमा राजीनामा नै आएको छैन भनेर विज्ञप्ती निकाल्ने अध्यक्षले राजीनामा कसरी स्वीकृत गर्नुभयो ? उहाँले भन्नुभयो । यस सम्बन्धी छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।