हेटौंडा ११ मा रहेको शंकर ज्योति विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौंडा – समाजिक कार्यमा क्रियाशील संस्था ड्रिम स्क्वाड मकवानपुरले हेटौंडा–११, सिमल्टारमा रहेको शंकर ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ । विपन्न तथा कमजोर आर्थिक अवस्थाका कारण कमिज तथा शर्ट,पाइन्टको भरमा मात्र विद्यालय आइरहेका ५२ जना छात्रछात्राहरुका लागि विद्यालय पोषकको रुपमा प्रयोग हुने स्वेटर वितरण गरिएको संस्थाका संयोजक बालकृष्ण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार विद्यालय पोषाकसमेत नभएका अतिविपन्न २ जना छात्राहरुको लागि शर्ट, पाईन्ट तथा स्वेटर वितरण गरिएको छ । त्रिभूवन माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संस्था ड्रिम स्क्वाड मकवानपुरले संकलन गरेको रु २५ हजारले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको संयोजक दाहालले बताउनुभयो । बढ्दो जाडोलाई मध्यनजर गरी आर्थिकरुपमा विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुुकुुन्द न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुुर्यबहादुर खुलाल तथा शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।