उपप्रधानमन्त्री ईश्वर पोख्रेल भोली हेटौंडा आउने

बाग्मती खबर
२४ पुष २०७७, शुक्रबार ११:१७

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउनुहुने भएको छ । नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल पुस २५ गते (भोलीं) हेटौंडा आउन लाग्नुभएको हो ।
बर्तमान राजनितिमा भईरहेको घटनाक्रमका बारेमा सचेत गराउन उहाँ हेटौंडा आउन लाग्नुभएको नेकपा मकवानपुरले जनाएको छ। नेकपामा छुट्टै प्रभाब बनाउनुभएका नेता पोख्रेल हेटौंडा आउने भएपछि कार्यकर्तामा थप उत्साह थपिएको नेकपाका केन्द्रीय सदस्य जुनेली श्रेष्ठले जानकारी दिनुभयो । भोलीको कार्यक्रम नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध प्रचण्ड माधब समूहले फैलाएको भ्रम चिर्ने अभियान हुने नेकपा मकवानपुरले जनाएको छ । कार्यक्रममा नेता पोख्रेलसहित नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरु सहभागी हुने नेकपा मकवानपुरका सहईन्चार्ज रामेश्वर रानाले जानकारी दिनुभयो ।