नेकपाको कार्यकर्ता भेला आजपनि निरन्तर, भोली उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउनुहुने

बाग्मती खबर
२४ पुष २०७७, शुक्रबार १८:५२

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी, मकवानपुरले कार्यकर्ता भेलालाई आजपनि निरन्तरता दिएको छ । नेकपाको आयोजनामा आज हेटौंडाको वडा नम्बर १२, १४ र १५ मा कार्यकर्ता भेला भएको नेकपा मकवानपुरले जनाएको छ । नेकपा पार्टी दुईपक्षमा विभाजन भएपछि ओली पक्षले हेटौंडामा कार्यकर्ता भेलालाई तिव्रता दिएको हो। प्रतिनिधि सभा विघटन गर्नुपर्ने वाध्यत्मक अवस्थाका बारेमा आमनागरिक तथा कार्यकर्तालाई जानकारी गराउन कार्यक्रमहरु आयोजना गरिएको नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर रानाले जानकारी दिनुभयो ।
आज हेटौंडा १२ मा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका सशइन्चार्ज रानाको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका नेता नविन सिग्देल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै हेटौंडा १४ को भेलामा नेकपाका केन्द्रीय सदस्य अनन्त पौडेलको प्रमुख आतिथिकोरुपमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देशलाई दुर्घटनाबाट बचाएको धारणा राख्नुभयो । ताजा जनाधेशमा जाने निर्णयलाई प्रतिगमन देख्नेहरुले डाह र इस्र्याको चस्मा फुकाल्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा मकवानपुरका नेताहरु सुमित्रा काफ्ले, दीपक खड्कालगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेकपाका केन्द्रीय सदस्य मधुसुधन खतिवडा प्रमुख अतिथिका रुपमा रहनुभएको हेटौंडा १५ को कार्यकर्ता भेलामा नेकपा युवा नेता सुनिल मोक्तनलगायतको उपस्थिति रहेकोथियो ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउनुहुने भएको छ । नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल पुस २५ गते ९भोलीं० हेटौंडा आउन लाग्नुभएको हो ।
बर्तमान राजनितिमा भईरहेको घटनाक्रमका बारेमा सचेत गराउन उहाँ हेटौंडा आउन लाग्नुभएको नेकपा मकवानपुरले जनाएको छ। नेकपामा छुट्टै प्रभाब बनाउनुभएका नेता पोख्रेल हेटौंडा आउने भएपछि कार्यकर्तामा थप उत्साह थपिएको नेकपाका केन्द्रीय सदस्य जुनेली श्रेष्ठले जानकारी दिनुभयो । भोलीको कार्यक्रम नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध प्रचण्ड माधब समूहले फैलाएको भ्रम चिर्ने अभियान हुने नेकपा मकवानपुरले जनाएको छ । कार्यक्रममा नेता पोख्रेलसहित नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरु सहभागी हुने नेकपा मकवानपुरका सहईन्चार्ज रामेश्वर रानाले जानकारी दिनुभयो ।