नेकपा मकवानपुरको अध्यक्षमा -एकलाल श्रेष्ठ, अध्यक्ष सिग्देल र सचिव पुलामी निस्कासित

बाग्मती खबर
२५ पुष २०७७, शनिबार १८:२८

हेटौंडा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले जिल्ल अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई निस्कासन गरेको छ । आज हेटौंडामा भएको जिल्ला भेलाले अध्यक्ष सिग्देल तथा सचिव पुलामिलाइ निष्कासन नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रामेश्वर रानाले जानकारी दिनुभयो ।
अध्यक्षको निष्कासनपछि रित्त रहेको अध्यक्ष पदमा नेकपा, मकवानपुरका कार्यालय सदस्य एकलाल श्रेष्ठ चयन हुनुभएको छ ।