हेटौंडा क्याम्पमडाँडामा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु, एकजना घाइते

बाग्मती खबर
२७ पुष २०७७, सोमबार १८:१९

हेटौंडामा केहीबेरअघि मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भिर घाइते भएकाछन् । हेटौंडा ५ क्याम्पडाँडामा
हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ४०२० नम्बरको मोटरसाइकल र चौघडाबाट हेटौंडातर्फ जाँदै गरेको ना१क ८३३३ नम्बरको टिपर ठक्कर खाँदा एकजनाको घटनास्थलमै मृत्यु भएको र अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ ।