मकवानपुरगढी दरबार पुननिर्माण, दक्ष जनशक्तिमार्फत पुरातत्वविज्ञको प्रत्यक्ष निगरानीमा कामहुने

बाग्मती खबर
२८ पुष २०७७, मंगलवार १८:४६

मकवानपुर – ऐतिहासिक मकवानपुर गढी दरबार पुननिर्माणका नाममा अन्धाधुन्ध भत्काएको भन्दै व्यापकरुपमा विरोध भएपछि, पुननिर्माणकार्यमा पुरातत्वविज्ञको उपस्थिति हुने भएको छ । पुननिर्माण प्राधीकरणमार्फत पुरातत्व विभागले थालेको जिर्नोद्धारकार्यको प्रक्रिया गलत भएको पाइएपछि मकवानपुरगढी गाउँपालिकाले दक्ष जनशक्तिमार्फत पुरातत्वविज्ञको प्रत्यक्ष निगरानीमा कामगर्न अनुरोध गरेको र पुरातत्व विभागले प्राविधिक खटाइसकेको मकवानपुरगढी गउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो । जिर्नोद्धार भइरहेको मकवानपुरगढी क्षेत्रमा पुगेको पत्रकारहरुको टोलिसँग कुराकानीगर्दै अध्यक्ष हुमागाईँले ऐतिहासिक सम्पदाको संरक्षण र संवद्र्धन हुनुपर्नेमा जिल्लाबासी, पत्रकार तथा नागरिक समाजबाट आएको चासो र सुझावलाई सकारात्मकरुपमा लिएको उल्लेख गर्नुभयो । मकवानपुर गढी दरबार पुर्ननिर्माण प्रधिकरणको १ करोड बजेटबाट पुर्ननिमार्ण मात्र गर्नलागेको र गढीभित्र पुरानै शैलीमा दरबार निर्माण पछि गढीमा रहेको पुरानो हात हतियारहरुको संग्राहलय राख्ने योजना रहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

मकवानपुरगढी दरबार जिर्नोद्धारको बारेमा जानकारी गाराउँदै गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ

कुराकानीका क्रममा पत्रकार रिपेश दाहालले मकवानपुर गढी दरबार परिसर भित्र फलाम, सिमेन्ट तथा सिमेन्ट सामाग्रीको प्रयोग गरेर अनावश्यक भौतिक संरचना निर्माण हुन नहुने तथा भएका संरचनाहरुको पुरातात्विक हिसाबले जिर्नोद्धार हुनुपर्ने बताउनुभयो ।