मकवानपुर सहकारी अस्पतालमा सघन उपचार कक्ष(आइसियु) सञ्चालन हुँदै, अस्पतालको नयाँ भवनको आज मुख्यमन्त्री पौडेलले उद्घाटन् गर्ने

बाग्मती खबर
२९ पुष २०७७, बुधबार ०८:२४

मकवानपुर- मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । सुनौलो भविस्य स्वास्थ्य सहकारी संस्था लिमीटेडद्वारा संचालित मकवानपुर सहकारी अस्पतालले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा नयाँ भवनमा ७ बेढको सघन उपचार कक्ष(आइसियु), ३ बेढको पिआइसियु र एउटा साधारण आइसीयु कक्षा स्थापना गरेको छ । अस्पतालको नयाँ भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्दै हुनुहुन्छ । अस्पतालले होर्डजोर्नी सम्वन्धी स्वास्थ्य उपचारका लागि सुविधा सम्पन्न ट्रमा सेन्टर समेत स्थापना गरेर काम शुरु गर्न लागिएको मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले वताउनुभयो ।
सहकारी अस्पतालमा विशेषज्ञ चिकीत्सकबाट कन्सल्टेण्ट, फिजिसियन, सर्जरी, स्त्री तथा प्रसुती स्वास्थ्य, बालस्वाथ्य, मनोस्वास्थ्य लगायतका सेवा दिइदै आएको छ ।