एकता र भातृत्वको जगमा समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न सकिन्छ – मुख्यमन्त्री पौडेल

बाग्मती खबर
१ माघ २०७७, बिहीबार १२:४१

वाग्ग्ती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एकता र भातृत्वको जगमा समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पुरा गर्न सकिने बताउनुभएको छ । माघे सङ्क्रान्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले माघे सङ्क्रान्ती, माघीलगायत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाइचाराको विकासमा महत्वपूर्ण योगदान पु¥याउदैं आएको उल्लेख गर्नुभएको छ ।
“माघे सङ्क्रान्ती तथा माघी पर्व २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुत्त देश हो । यहि विविधताभित्रको एकताले नेपाल र नेपालीलाई जोडेको छ । माघे सङ्क्रान्ती, माघी लगायत चाडपर्वहरुले परस्परमा प्रेम, सद्भाव र भाइचाराको विकासमा महत्वपूर्ण योगदान पु¥याउदैं आएको छ । यो नै हाम्रो मौलिक पहिचान हो । चिनारी हो । यहि एकता र भातृत्वको जगमा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पुरा गर्न हामी सबैको ईमान्दार प्रयास रहनुपर्छ । यहि शुभेच्छा सहित पुनः माघी पर्वको अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना व्यत्त गर्दछु” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।