“प्रहरी दर्पण” प्रशारण प्रारम्भ

बाग्मती खबर
२ माघ २०७७, शुक्रबार ०८:३१

हेटौंडा- वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले शान्ति सुरक्षासँग सम्बन्धीत टेलिभिजन कार्यक्रम “प्रहरी दर्पण” प्रशारण प्रारम्भ गरेको छ ।
कार्यक्रमको पहिलो अंकको प्रदेशका मुख्मन्त्री डोरमणि पौडेलले सुभारम्भ गर्नुभएको हो । कार्यक्रम “प्रहरी दर्पण” प्रदेशको राजधानी हेटौंडाबाट भूउपग्रहको माध्यमबाट भर्खरै प्रशारण भएको नेशनल गोल्ड एचडी टेलीभिजनबाट प्रत्येक महिनाको १ र १५ गते पाक्षिकरुपमा प्रशारण हुने जनाएको छ ।
प्रदेश अन्तर्गतका प्रहरी ईकाइहरुबाट सम्पादित काम कारबाहीको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने, शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव संकलन गर्नुका साथै शान्तिपुर्ण समाज निर्माणमा नागरिक दायित्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम संचालन गर्न लागिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।