भारतमा कोरोना खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या

बाग्मती खबर
४ माघ २०७७, आईतवार १०:२०

भारत- छिमेकी देश भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या देखिएको छ । खोप लगाएकामध्ये एक जनाको अवस्था गम्भीर भएको जनाइएको छ ।
भारतमा शनिबारदेखि कोरोना विरुद्ध खोप दिन शरु गरिएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । खोप ििलएका दुईजना स्वास्थ्यकर्मीलाई खोप लगाएको केही घण्टामै एलर्जी देखिएको थियो । खोप लगाइएका राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनामध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।