सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

बाग्मती खबर
६ माघ २०७७, मंगलवार ११:००

गुजरात- भारतको गुजरातमा सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि ट्रक गुड्दा किचिएर १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि ट्रक गुडेको जनाइएको छ ।
अनियन्त्रित ट्रकले किच्दा १५ जनाको मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।