मुलुक चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज- मुख्यमन्त्री पोखरेल

बाग्मती खबर
६ माघ २०७७, मंगलवार १३:१३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा केहिबेर अघि एक स्ट्याटस लेख्र्दै मुख्यमन्त्री पोखरेलले नयाँ जनादेशले लोकतन्त्र झनै सुदृढ हुने उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले लेख्नुभएको छ ःमुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि।