सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ- कमल थापा

बाग्मती खबर
७ माघ २०७७, बुधबार १३:४०

राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक कुु भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको बताउनुभएको छ । अध्यक्ष थापाले केहिबेरअघि फेसबुकमा स्ट्याटस लेख्दै प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनुलाई भने स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ।बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचार/कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ