गौरीटार रंगशाला नजिक गाडीमा आगलागी

बाग्मती खबर
१२ माघ २०७७, सोमबार १८:३७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका, १५ गौरीटार रंगशाला नजिक एक गाडीमा आगलागी भएको छ । सडक पिचगर्ने क्रममा गाडीमा आगो लागेको प्रत्यक्षदर्शी मनिष पौडेलले जानकारी दिनुभयो । सडक पिचगर्न प्रयोग हुने अलकत्रा बोक्ने गाडीमा आगो लागेको स्थानीयले जानकारी दिएकाछन् । आगलागिका कारण ना २ ख ४२२२ नम्बरको अलकत्रा बोक्ने गाडी पूर्णरुपमा क्षति भएपनि कुनैपनि प्रकारको मानवीय क्षतिभने नभएको जनाइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको  प्रहरीले जनाएको छ ।