हेटौंडामा आजबाट कोरोना विरुद्धको खोप लगाउन शुरु

बाग्मती खबर
१४ माघ २०७७, बुधबार ०९:०४

आजबाट वाग्मती प्रदेशको राजधानी हेटौंडामा  कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरएको छ  । आज बिहान १० बजे मुख्यमन्त्री डोरमणि पौडेलले खोपको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभयो  । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले पहलो खोप लागाउनुभयो ।

पहिलो चरणमा प्रदेशका ६० हजार भन्दाबढीलाई लगाइने तयारी भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका  डा. पुरुषेत्तम सेढाँईले जानकारी दिनुभयो ।
पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने व्यक्तिहरु, फोहोर सङ्कलन गर्ने गाडी, एम्बुलेन्स तथा शव बाहनका चालक एवं सहचालक प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशका १३ वटा जिल्लामा ३५ वटा केन्द्र बनाएर खोप लगाइने छ ।