आज मेलम्चीको परीक्षण गरिने

बाग्मती खबर
१० फाल्गुन २०७७, सोमबार ०८:४४

आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । काठमाण्डौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न निर्माण गरिएको साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।
खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा दुर्घटना नहोस भन्नका लागि सबै प्रकारका सावधानी अपनाइएको जनाइएको छ । केही भै हाले तत्काल उद्धारका लागि हेलकप्टरको व्यवस्था मिलाइएको जनाइएको छ ।