कोदालोले हानेर श्रीमानको हत्या

बाग्मती खबर
११ फाल्गुन २०७७, मंगलवार १०:५०

कञ्चनपुरमा श्रीमतीले कोदालोले प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । बेलौरी नगरपालिका, भुरकोटकी एक महिलाले आज बिहान कोदालेले हानेर श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।