महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएको भन्ने समाचार गलत

बाग्मती खबर
११ फाल्गुन २०७७, मंगलवार १३:५४

महान्यायाधिवक्ताको कार्यालयले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएको भन्ने समाचार गलत भएको जनाएको छ ।
केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि कार्यालयले विज्ञप्ति जारी गर्दै खरेलले राजीनामा नदिएको जानकारी दिएको हो । खरेलले राजीनामा नदिएको, दिने सोचसमेत नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।