प्रदेश प्रमुख राजेश अहिराजले गर्नुभयो, सवारी दुर्घटनामा परि घाइते भएकाहरूको उद्धार

बाग्मती खबर
११ फाल्गुन २०७७, मंगलवार १४:११

जनकपुर प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) ले सवारी दुर्घटनामा परि घाइते भएकाहरूको उद्धार गरि अस्पताल पठाउनु भएको छ । जनकपुरबाट बाराको जीतपुर जाँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा सवारी दुर्घटनामा परेका चारजनालाई प्रदेश प्रमुख झाले उद्धार गरि अस्पताल पठाउनु भएको हो ।
सडकमा घाइतेलाई देखेपछि झाले गाडी रोकेर उद्धार गर्नुभएको थियो । उहाँले आफ्नो सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्ममा घाइतेहरुलाइ उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पठाउनुभएको जनाइएको छ ।