नेकपा थाहानगरको नेतृत्व परिवर्तन

बाग्मती खबर
११ फाल्गुन २०७७, मंगलवार १४:५२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको नेतृत्व परिवर्तन भएको छ । नगरकमिटीको आज भएको विस्तारित बैठक तथा भेलाले अध्यक्षमा अच्युतमप्रसाद ढकाल र सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पोडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले यसअघिका नेकपा थाहानगर कमिटीका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको हो । भेलाले नयाँ नगर सदस्यहरु समेत थप गरेको छ ।