बागमती प्रदेशको सरकारमा ४ मन्त्री थपिदै ,आजै सपथ ग्रहण गरिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । खाली रहेका तीन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत ४ जना मन्त्री थप गर्न लाग्नु भएको हो । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ ।
नयाँ वन्ने मन्त्रीहरुमा नेकपा एमालेका प्रमुख सचेतक समेत हरेका केशव पान्डे, सरेश नेपाल, डा. रामकुमार अधिकारी तथा सरस्वती वस्नेत रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यधपी मन्त्रालयको टुगो भने लागी नसकेको वताइएको छ । दिउसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने छ । थप भएका मन्त्रीहरुमा ३ जना फुल मन्त्री तथा एक जना राज्यमन्त्री रहने तय भएको छ । विस्थारित मन्त्री परिषद यस अगाडि माधव नेपाल पक्ष तथा नेकपा माओवादीका मन्त्रीहरुले राजिनामा दिएपछि खाली रहेका मन्त्रालयमा मात्र मन्त्री थप गरिन लागेको हो भने राज्यमन्त्री भने सामाजिक विकास मन्त्रालयमा थप गरिने भएको छ ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहिन थिए।
तीनवटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आउनुभएको थियो । करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ । प्रदेश सरकार गठनपछि हालसम्म राज्यमन्त्री नियुक्त नगरिएको बागमतीको मन्त्रालयमा राज्यमन्त्री नियुक्त हुने भएका छन् भने यस अगाडि महिलालाइ अवसर नदिइएको आरोपवाट पनि वाग्मती प्रदेश सरकार यसपटक मुक्त हुने भएको छ ।