युनिलिभरद्धारा स्वाथ्य सामाग्री हस्तान्तरण

हेटौडा- हेटौंडा ३ बसामाडीमा रहेको युनिलिभर नेपाल लिमिटेडले १५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
हालै जिल्ला प्रशासन कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई उक्त मेसिन हस्तान्तरण गरिएको हो ।
उक्त मेशिन युनिलिभरका कम्पनी म्यानेजर नितिन जैन, एचआर म्यानेजर नितिन रानाले प्रजिअ पाण्डेलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा युनिलिभर कर्मचारी युनियनका अध्यक्ष लालकृष्ण प्याकुरेल, जयराम धिताल प्रशासनका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यस अघि युनिलिभरले नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिसकेको एचआर अपिसर कुशल थापाले बताए ।अक्सिजन कन्सन्ट्रेटर मेशिन प्रजिअ पाण्डेले हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाइ हस्तान्तरण गरेका छन् ।युनिलिभरले हस्तान्तरण गरे लगत्तै अस्पताललाई बुझाइएको हो ।