संवैधानिक इजलासको आज पेशी तोकियो

बाग्मती खबर
२६ जेष्ठ २०७८, बुधबार १२:२१

काठमान्डौ- संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज पेशी तोकिएको छ । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍। आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।