बागमती प्रदेशमा नदिजन्य पदार्थको दोहन रोक्न अनुगमन प्रभावकारी बनाईने ।

बाग्मती खबर
२७ जेष्ठ २०७८, बिहीबार १८:४५

हेटौंडा । बागमती प्रदेश सरकारले नदिजन्य पदार्थको दोहन रोक्न प्रभाबकारी अनुगमनको व्यवस्था गरिने जनाएको छ । आज प्रदेशसभामा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अहिले भइरहेको नदि दोहानलाई अनुगमनका माध्यमले रोक्नका लागि कार्यक्रम ल्याउन लागिएको उताउनुभयो ।

भूक्षयको कारणले हुने धनजनको क्षेत्रतीमा न्यूनीकरण गर्ने कार्यक्रम ल्याउने जनाइएको छ । पूर्वाधार विकासलाई वातावरण मैत्री वनाउने प्रसाईले वताउनुभयो । प्रदेशका नदि आसपासका क्षेत्रमा वातावरण मैत्री वनाइने छ ।

प्रदेशमा प्रमुख कृषि उपज उत्पादन गर्ने लक्ष छ । बाझो जग्गालाई प्रोत्साहनका कार्यक्रम ल्याइने उहाँले वताउनुभयो । हेटौंडामा निर्माणाधिन पाउडर प्लान्ट आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने प्रदेश सरकारको तयारी रहेको उहाँले वताउनुभयो ।

बागमती प्रदेशमा प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना हुने भएको छ । प्रदेशबासीलाई खोपको व्यवस्था गर्न सरकारको समन्वयमा खोप व्यवस्थापन कोषको स्थापना हुनेछ ।

बागमती प्रदेश सरकारले प्रदेशको सबै नागरिकलाई खोपको व्यवस्था गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ । बागमती प्रदेश सरकारले उद्यमको लागि युवाहरुलाई सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ । बागमती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले ‘मेरो गाउँ उद्यम सहित जीउने ठाउँ’ भन्ने कार्यक्रम अन्र्तगत यस्तो कर्जा प्रदान गरिने वताउनुभयो । हरेक गाउँ, सहरमा युवालाई उद्यम विकासको कार्यक्रममा सहभागिता गराउने वताउनुभयो ।

बागमती प्रदेश सरकारले मनहरी औद्योगिक क्षेत्रको काम आगामी अर्थिक वर्षबाट मनहरीमा औद्योगिक क्षेत्र निर्माण प्रारम्भ गर्ने घोषँणा गरेको छ । देश प्रमुख विष्णुप्रसाद प्रसाईले पश्चिम मकवानपुरको मनहरीमा औद्योगिक क्षेत्र निर्माणको काम आगामी आर्थिक वर्षबाट हुने वताउनुभयो ।