मनहरीको वनकरिया बस्तीमा होमस्टे सञ्चालनको तयारी

बाग्मती खबर
३१ जेष्ठ २०७८, सोमबार १५:०९

हेटौैडा । आदिबासी जनजाती उत्थान प्रतिष्ठान ऐन २०५८ अनुसार वनकरिया जाति नेपालको १० लोपन्मुख जातिमध्ये एक हो । वनकरिया जातिलाई ६ महिना जगंल र छ महिना बस्तीमा बस्ने जातिको रुपमा पनि चिनिन्छ ।

तर हाल वनकरिया जाति मकवानपुरको हाडिँखोलाको मुसेधापमा बस्ने गरेका छन । आर्थिक ,सामाजीक र राजनीतिक रुपले निकै पछाडि परेको यस वनकरिया जातिबाट हालसम्म थोरै मात्र शिक्षित छन ,भन्न सकिन्छ यि जातिहरु शिक्षबाट वञ्चित छन । जगंली तरुल , कन्दमुल , भयाकुर र रिठठा आदि खोजेर खाने र जगंलमा नै कष्टकर जीवनयापन गर्ने गरेपनि हालको अवस्थामा भने सुधार हुदै छ ।

नेपाल बहुजाति र बहुभाषिक देश हो । नेपालमा धेरै थरिका मानिसहरु बसोबास गर्छन ,जसको छुटटै महत्व रहेको छ । मकवानपुरमा पनि यस्तै लोपन्मुख वनकरिया जातिको बसोबास रहेको छ । पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–४ हाँडीखोलास्थित मुसेधाप धेरै समयदेखि वनकरियाहरुको बसोबास स्थान बनेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरीया वस्तीमा होमस्टे निर्माण गरिएको छ । व्यावसायीक रुपमा सञ्चालन गर्नेगरी होमस्टे निर्माण गरिएको हो । वनकरीया वस्तीमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भटराइ आएर बास बसेको घरलाई मनहरी गाउँपालिकाले होमस्टेका रुपमा निर्माण गरिदिएको हो । गाउँपालिकाको सहयोगमा निर्माण गरिएको होमस्ट्रेले वनकरीया वस्तीको झल्को दिने छ । एउटै भवनमा तीन वटा कोठा तयार गरिएको छ ।

पहिले अरुको सहयोगमा मात्र बस्देै आएका वनकरीयाहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै समेत लगाउन थालेका छन् । यहाँका २१ परिवारमा ९७ जना छन् । पहिले पर्यटक बस्नका लागि एउटा घर तयारी गरेको भएपनि गाउँपालिकाले आगामी वर्षमा पनि यो वस्तीका थप घरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि सहयोग गर्ने तयारी गरेको छ । यहाँको होमस्टे सञ्चालन गर्नका लागि छुट्टै समिति बनाएर काम गर्न सुरु गरिएको छ ।

सरकारले पक्की घरको आश्वासन दिएको दशक बिते पनि वनकरियालाई सरकारद्वारा दिइने सुविधा उसैले बनाएको मापदण्डकै कारण उपयोग गर्नबाट वञ्चित भएका हुन । सीमान्तकृत समुदायलाई घर बनाइदिने भनिए पनि जग्गा आफ्नो हुनुपर्ने जनता आवास कार्यक्रमका मापदण्डका कारण प्रभावित भएको हो। वनको लिजमा बसेका उनीहरूको नाममा भवन निर्माणका लागि आएको बजेट आफ्नो नाममा जग्गा नभएका कारण पटकपटक यतिकै थन्किएर बसेको छ ।

यसैबीच २३ वर्षअघिसम्म चुरेघाँचको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपउन्मुख आदिवासी वनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको दशक बितेको छ। पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–४ हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन ।

वनकरिया होमस्टे निर्माणको काम सकिएको र अब तत्काल सञ्चालनमा ल्याइने स्थानीय सन्तोषी वनकरीया वताउनुहुन्छ । बाहिरबाट बस्नका लागि आएका पाहुनालाई बस्नेगरी सबै व्यवस्था मिलाउन लागिएको हो । होमस्टे निर्माण भएर सञ्चालनमा आएपछी यस वस्तीका वनकरीयाहरुलाई आयाआर्जनका लागि थप सहयोग हुनेछ ।

यहाँको वनकरीया वस्तीलाई पनि पर्यटन प्रवर्दन गर्ने उदेश्यले होमस्टे निर्माण गरिएको हो । नेपालमै लोपन्मुख वनकरीया वस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस भन्ने उदेस्यले होमस्टे निर्माण गरिएको हो । मनहरी गाउँपालिकाको आठ लाख रुपैयाँ लगानीमा होमस्ट्रे निर्माण गरिएकोे हो । वनकरीया वस्तीलाई बिस्तारै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने लक्ष्य रहेको छ । वनकरीयालाई अहिले पनि खान लाउनकै समस्या छ । उनीहरुलाई सधै अरुले सहयोग गर्ने भन्दा पनि पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने र उनीहरुलाई आत्म निर्भर वनाउने सोचका साथ यहाँ होमस्टे निर्माण गरिएको हो ।’ वनकरीया वस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, संगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पीठोका परिकार खुवाउने लक्ष्यका साथ होमस्टे निर्माण गरिएको हो ।

बासको ठुन्चे डोको कोक्रो आदि बिक्रि गरि जीवनयापन गर्ने यस जातिको संरक्षणका लागि हाल सरकारले मासिक भत्ता पनि प्रदान गर्दै आएको छ । नेपालका विभिन्न जातिहरुमध्ये एक सुन्दर जाति हो , वनकरिया ।