सिन्धुपाल्चोकका दुई पालिकालाई काठमाडौं महानगरले ५०-५० लाख दिने

बाग्मती खबर
४ असार २०७८, शुक्रबार १४:४७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ दिने भएको छ ।

मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए ।मेयर विद्यासुन्दर शाक्यले छिमेकी जिल्लाको बाढी र डुवान प्रभावित गाउँपालिकालाई सहयोग गरेको जानकारी दिए । यसअघि बिहीबार नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

मेलम्ची काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । यसअघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका-१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो ।