पाँच विद्यार्थी संगठनद्धारा आज देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै

बाग्मती खबर
१६ असार २०७८, बुधबार ११:४५

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।

७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । ‘प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला दहनसम्मका विभिन्न कार्यक्रमहरु छन्,’ मैनालीले भने ।

संसद विघटन, शैक्षिक र जनजीविकाका विभिन्न मागहरु राख्दै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु सुदेश पराजुली समूह, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले सोमबार संयुक्त रुपमा विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।