बागमती प्रदेशमा विद्युतिय साधन सञ्चालनका विषयमा प्रदेश सांसदहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

बाग्मती खबर
२२ असार २०७८, मंगलवार ११:००

हेटौडा । बागमती प्रदेशमा विद्युतिय सवारी साधन सञ्चालनका विषयमा प्रदेश सांसदहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेशको भौतीक पुर्वाधार विकास मन्त्रलयको आयोजनामा विद्युतिय सवारी साधन सञ्चालन तथा व्यवस्थापन लगाएतका भावी योजनाको बिषयमा छलफल गरीएको गरीएको हो । आगामी आर्थिक बर्षका लागी बागमती प्रदेश सरकारले विद्युतिय सवारीसाधन खरिदनका लागी ५० करोड रुपैइा विनियोजन गरेको अवस्थामा प्रमुख प्रतिपक्ष दल र विपक्षी दलका सांसदहहरुले संसद वैठक नै चल्न नदिएपछि यसका बिषयमा सांसदहरुसँग छलफल गरीएको हो ।

छलफल कार्यक्रममा बामगती प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री रामेश्वर फुँयाललेृ विद्युतीय सवारी साधन सञ्चालन गर्दा वातावरण प्रदुषण कम हुने ईन्धनको बचत हुने जस्ता फाईदा भएकाले प्रदेश सरकारले विद्युतीय सवारी साधन खरिदको प्रक्रिया अगाडी बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जमकट्टेलले विद्युतीय वस सरकारले जनतामा भएका आक्रोस तथा विरोधलाई साम्य पार्ने र वस्तुबादी, यथार्तपरक खालका भौतिक पुर्वाधारका कामहरु ल्याउनु पर्ने उहाँको भनाई छ । आफु विकास विरोधि नभएको र सर्वप्रथम चार्जिङ स्टेशन बनाएर मात्रै विद्युतिय बस लेराउनु पर्नेमा गुटगतरुपमा योजना बनेको र त्यस्मा आफुले सहयोग नगर्ने उहाँले बताउनु भयो । जवरजस्ति योजना अगाडि बढाएको र धागिङ भरि चार्जिङ स्टेशन बनाउन जग्गा उपलब्ध नगराउने भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता ईन्द्र बहादुर बानीयाले सरकारीले पुर्व तयारी नै नगरी बिद्युतीय खरिद गर्न लागेको आरोप लगाउनु भयो । यस्तै उहाँले निजि क्षेत्रलाई प्रसस्त अवसर दिएर मात्र विद्युतीय सवारी साधन खरिद खरिद गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जमकट्टेल, नेपाली काग्रेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ, प्रदेशका पूर्व मन्त्री युवराज दुलाल, नेता राजेन्द्र पाण्डे, प्रदेशका सांसदहरु लगायतकाले बिधुतीय वस खरिद गर्ने तर, सञ्चालनका लागि पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा समस्या हुने वताउनु भएको छ ।

कार्यक्रममा सहभागि धेरै सांसदले बिधुतीय बस खरिद गर्ने सरकारी कामको बिरोध गरेका छन् । सबैखालका तयारी बिनानै पहिले बस खरिद गर्नु राम्रो काम नभएको प्रतिकृया दिएका छन् ।