मन्त्रीमन्डल विस्तार गर्दे बागमती प्रदेश सरकार

हेटौडा
प्रदेशमा मुख्यमन्त्रि अष्ठलक्ष्मि शाक्यले मन्त्रि परिषद् बिस्तार गर्नु हुने भएको छ । मुख्यमन्त्रि शाक्यले ६ मन्त्रि र ४ जना राज्यमन्त्री गरी १० सदस्यीय मन्त्री मण्डल थप गर्न लाग्नु भएको हो । यस अगाडि १ जना मन्त्री तथा मुख्यमन्त्री कायम नै छ ।
मूख्यमन्त्रि शाक्यले सिन्धुलीका प्रदिप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल,काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय कान्ती,चितवनका विजय सुवेदी, दोलखाकी रचना खड्का,मकवानपुरकी जुनेली माया श्रेष्ठ भक्तपुरकी सरस्वती बस्नेत र नुवाकोटका वद्रि मैनाली तथा ललितपुरका जीवन खड्कालाइ विभिन्न मन्त्रालयको जिम्मेवारी दिन लाग्नु भएको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनु भयो ।
नवनियुक्त मन्त्रिहरुलाई आझै सपथ ग्रहण गराउने तयारी गरीएको छ ।
नेकपा एमाले विभाजन भएर एकिकृत समाजवादी गठन भएसँगै बागमती सरकार अल्पमतमा परेको छ । एमाले विभाजन भएपछि नयाँ दल नेकपा ९एकीकृत समाजवादी० मा १३ जना प्रदेशसभा सदस्यले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् ।
बागमतीमा हाल दुई सदस्यीय मन्त्रीमण्डल छ । केशवराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्नु भएको छ ।
यसअघि सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिनु भएको थियो । उहाँले माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरे संगै मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।