मकवानपुरमा अझै पनि मिनि लकडाउन के गर्न पाईन्छ, के गर्न पाईदैन ( भिडियो सहित)

बाग्मती खबर
२४ भाद्र २०७८, बिहीबार १२:४६

भाद्र २४,हेटौँडा
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले मकवानपुरमा निषेधाज्ञा जारी रहेको बताएका छन् । हेटौँडाबाट सञ्चालित नेशनल गोल्ड टेलिभिजनको कार्यक्रम अन्तरसंवादमा कुरा गर्दै प्रजिअ पाण्डेले निषेधाज्ञाको समयमा प्रशासनले जारीको गरेको मापदण्ड पुर्ण पालना नगरे कारबाही हुने समेत चेतावनी दिएका छन् ।

अझै पनी कारोनाको जोखिम नसकिएको र जोखीमलाई नै मध्यनजर गर्दै प्रशासन कार्यलयले विभिन्न मापदण्ड सहित बजार क्षेत्र लगाएतका ठाँउहरु सहज ढंगले खोल्न दिएको पाण्डेको भनाई छ । कोरोना जोखीमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्य काम परि बाहिर निस्किनु पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने,भौतीक दुरी कायम गर्ने,भिडभाड नगर्ने नगराउने लगाएतका अन्य विभिन्न निर्णय गरेको समेत जानकारी दिनु भयो ।

निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस् DCMC_Nirnaya_2078_05_17

उहाँले होटल तथा लज सञ्चालनको सम्बन्धमा कुल बेड क्षमताको ५० प्रतिशतमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गरी,गराई सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “ भदौ १९ बाट ३१ गते सम्मका मकवानपुरमा निषेधज्ञा थपिएको छ मिनी लकडाउन,जिल्ला प्रशासन कार्यलयले विभिन्न मापदण्ड जारी गर्दै मिनि लकडाउनलाई खनिरन्तरता दिएको हो,यस्को पुर्ण पालना नभए कारबाही हुने छ ।”
जिल्ला प्रशासन कार्यालयले भिडभाड हुन नदिन भन्दै विभिन्न निर्णय गरेको भएपनी प्रशासन धेरै भिडभाड हुने मालमोत कार्यालय,नापी कार्यालय निर्वाध रुपमा सञ्चालन हुदाँ जोखीम बढेको सरोकारवालाहरु बताउछन् ।

हेर्नुहोस् भिडियो