नेपाल भन्छन् जवज मान्छौँ,बिरोधलाई भोटको चिन्ता कार्यकर्तालाई सोधे कति भोट जम्मा पार्नुहुुन्छ ?

बाग्मती खबर
९ आश्विन २०७८, शनिबार १५:१०

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला भेला हेटौँडामा सम्पन्न भएको छ ।

सो जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एस) अध्यक्ष माधव कुमार नेपालले नेकपा (एस)ले जनतानको बहुदलीय जनवादको मान्यतालाई आत्मात गर्ने जिकिर गरेका छन् ।

उनले विरोधीहरुले एकिकृत समाजवादी पार्टीले जवज नमान्ने भनेर हल्ला फिँजाई रहेको र हल्लाको पछि नलाग्न आग्रह समेत गरेका छन् । साथै उनले नेकपा ( एसको ) देशभर लहर छाईरहे र देशभर संगठन विस्तारको कामलाई तिब्रता दिएको समेत बताएका छन् ।

यस्तै मकवानपुर सांसद समेत रहेका नेकपा (एस) का स्थायि कमिटी सदस्य विरोध खतिवडाले आफ्ना कार्यकर्तालाई कति भोट जम्मा पार्न सक्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले आगमी चुनावलाई लक्षित गर्दै कार्यकर्ता माझ यस्तो प्रश्न गरेका हुन् । साथै उनले नेकपा (एस) देशकै प्रमुख कम्युनिष्ट पार्टी बनाएर छाड्ने दाबि समेत गरेका छन् ।