मकवानपुर जिल्ला सचिवालय सदस्य चौँलागाईले छोडे माओवादी

बाग्मती खबर
९ आश्विन २०७८, शनिबार १८:३०

हेटौँडा । नेकपा माओवादी केन्दै मकवानपुरका जिल्ला सचिवालय सदस्य बालकृष्ण चौलागाई नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।

माओवादीले गरेको सशस्त्र जनआन्दोलका लडाकु समेत रहेका चौँलागाँई माओवादी पार्टी, व्यक्तिगत स्वार्थमा लिप्त भएको,जनआन्दोलनका घाईते,लडाकुका साथै पार्टी जोगाउनका रात दिन नभनी लागी परेका कार्यकर्तालाई व्यवास्था गर्दै आफन्त आसेपासे पोस्न उद्धत रहेकाले पार्टी छोडन बाध्य भएको चौँलागाईले जानकारी दिए ।

सक्रिय पुष्प व्यवसायी समेत रहेका चौलाँगाईलाई नेकपा समाजवादीले केन्द्रिय सदस्यको जिम्मेवारी दिएको छ । पार्टी प्रवेश पश्चात बाग्मती खबर सँग उनले भने “अवको यात्रा समाजवादको हो ,माओवादी जस्तो नातावाद कृपाबादलाई प्रसय दिने पार्टीको पछाडी लागेर समाजवादको गन्तव्य सम्म पुगिदैन त्यसैले माओवादीमा लागेका अन्य कार्यकर्ताले समयमानै माओवादीको विकल्प खोज्नु नै बुद्धिमनी हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी समाजवादी मकवानपुको जिल्ला कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ । केदार दुलालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।