नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

बाग्मती खबर
१० आश्विन २०७८, आईतवार ११:५९

हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ ।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको थियो । नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप आउँदो १५ गतेदेखि सुरु हुनेछ ।