तालिबानले चार जनाकाे हत्या गरेर उनीहरूकाे शव सार्वजनिक स्थानमा झुण्ड्यायाे

बाग्मती खबर
१० आश्विन २०७८, आईतवार १३:११

हेटौंडा । अफगानिस्तानमा तालिबानले चार जनाको हत्या गरेर उनीहरूको शव सार्वजनिक स्थानमा झुण्ड्याएको छ । हेरात सहरमा अपहरणमा संलग्न भएको आरोप लगाउँदै तालिबानले चार जनाको हत्या गरेर शव झुण्ड्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र शरीरका अंग काट्ने दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो । तालिबान शासनमा धर्मको पालना सुनिश्चित गराउने मन्त्रालयको प्रमुख रहेका नूरूद्दीन तुराबीले अपराधको सजायस्वरुप मृत्युदण्ड र हात खुट्टा काटिदिने प्रावधान फेरि राखिने बताएका थिए ।

दुई दशक पहिले तालिबान शासनका क्रममा अपराध गरेको अभियोगमा कठोर सजाय दिएको भन्दै चर्चित रहेका तुराबी अहिले आफगानिस्तान कारागारको दायित्व सम्हालिरहेका छन् ।