उच्च अदालतको गेटमै युवकमाथि खुकुरी प्रहार

बाग्मती खबर
१० आश्विन २०७८, आईतवार १५:१३

हेटौंडा । उच्च अदालत विराटनगरको गेट अगाडि आइतबार दिउँसो एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्। प्रहरीले घटनाको थप अनुसन्धानन अघि बढाएको जनाएको छ।