बागमती प्रदेश सरकारले २५ गते विश्वासको मत लिने तयारी (भिडियो सहित)

अल्पमतमा परे पनि प्रकृयामै जान्छौ : मुख्यमन्त्री शाक्य
बाग्मती खबर
१३ आश्विन २०७८, बुधबार १२:५८

हेटौडा १३ असोज ।अल्पमतमा परेको बागमती प्रदेश सरकारले यही असोज २५ गते विश्वासको मत लिने भएको छ । नेकपा एमाले फुटेर नेकपा एस निमार्ण भइ १३ जना सांसदहरुले पार्टी छाडेर अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वताउनु भएको छ ।
नेकपा एमालेको एकल वहुमत रहेको बागमतीमा पार्टी फुटको असरले सरकार अल्पमतमा परिसकेको छ । सरकार प्रष्ट अल्पमतमा परेपनि संवैधानिक कानुनी जटिलताको कारण यही २५ गते विश्वासको मत लिन लागेको हो । आफुहरु अल्पमतमा पर्ने विश्वासको मत नपाउने अवस्था भएपनि सामना गर्न तयार रहेको वताउनु भयो । सरकारको वर्तमान अवस्थाको विषयमा हेटौडाको एकमात्र स्याटेलाइट टेलिभिजन नेशनल गोल्डको कार्यक्रम नेशनल टकमा कुरागर्दे उहाले यस्तो वताउनु भएको हो ।

नेकपा एमाले फुटाएर माधव कुमार नेपालले ठुलो गल्ती गरेको आरोप पनि उहाले लगाउनु भयो । हेटौडाको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड टेलिभिजनको कार्यक्रम नेशनल टकमा कुरा गर्दे मुख्यमन्त्री पद जोगाउन मात्र आफु कुनै पनि पार्टीमा जाने इच्छा नभएको पनि वताउनु भएको हो । आफु नेकपा एसमा जाने कुनै पनि संभावना नभएको पनि उहाले वताउनु भयो ।

आफु जेलनेल खपेर आएको र यही पार्टीको लागि जीवन विताएको व्यक्ति भएको कारण कुनै पनि वहानामा पार्टी फुटाउने लाइनमा नलागेको वताउनु भयो । सत्ता ठुलो कुरा होइन हामी सिर ठाडो पारेर सरकार चलाउने र सिर ठाडो पारेर नै सरकार वाट वाहिरीने वताउनु भयो ।

कार्यक्रम पुरा हेर्न यस लिंकमा जानुहोस्…