थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको जिवनीमा आधारीत चलचित्रको टिजर सार्वजनीक

बाग्मती खबर
१४ आश्विन २०७८, बिहीबार १३:१०

हेटौँडा । थाहा दर्शनका प्रणेता तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको  जीवनीमा आधारित रुदाने : विद्रोहको नेपाली नाम चलचित्रको टिजर सार्वजनीक भएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिने उक्त चलचित्रको निर्माण जागृत रायमाझीले गरेका हुन् । रुदाने : विद्रोहको नेपाली नाम अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको हो ।

चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेब,नम्रता श्रेष्ठ,रवि गिरी,सुभाष गजुरेल,अमर सुवेदी लगायतका एक सय भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वलिउडका सान्ता राओको छायाङकन,निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।
चार वर्षसम्म रुचपन्द्र विष्टमाथि गहिरो अध्ययन अनुसन्धान गरी रुदाने चलचित्र तयार पारेको निर्माण युनिटको भनाई छ ।

यस फिल्म मार्फत पुरानो पुस्ताले बिर्सि सकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेका रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको छ । आफू सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द विष्टको जीवन सबैका लागी उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु हो रहेको निर्माण टिमको भनाई छ । उक्त चलचित्रमा २००० देखि २०५६ सम्मको समय भित्रको अवधि चलचित्रमा देखाउन खोजिएको छ ।

‘मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो । ४०को दशक लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।’

टिजर हेर्न यहाँ क्लिक गर्नुहास्