फेरियो एमालेको आधिकारिक लोगो,लोगोमा सुर्य भित्र हसिया हथौडा हुने

नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे ।
उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेकाे नयाँ लाेगाे प्रस्ताव गरेका हुन् ।
एमालेकाे अवकाे लाेगाे सूर्यभित्र राताे पृष्ठभूमिमा सुनाैलाे हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले साे लाेगाे ताली बजाएर पारित गरेका छन् ।