भारतीय कांग्रेसकी महासचिव गान्धी पक्राउ

बाग्मती खबर
१८ आश्विन २०७८, सोमबार १३:११

एजेन्सी। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाईे पक्राउ परेकी छन्। उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो। सो क्रममा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो। प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो। सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ। भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन्।

सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ।