नेतृ खनालको अगुवाईमा गढी गाँउपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण

बाग्मती खबर
२१ आश्विन २०७८, बिहीबार १३:२१

हेटौँडा । मकवानपुर गढी गाँउपालिका वार्ड नम्बर १,२,३ र ४ का स्वास्थ इकाइहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । बोधिसत्व बिहार काठमाडौंका बरिस्ठ सल्लाहकार शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्रीलाई बितरण गरीएको हो । नेपाली काग्रेश मकवानपुरकी नेत्रृ रिता खनालको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य सामाग्री .हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता गोमा गौतम,महिला नेत्रृ ज्योती कोइराला,गिता अर्याल लगाएतको सहभागीता रहेको थियो । हस्तान्तरण गरीएको सामाग्रहरुमा पिपिए ५ थान,५ लिटर सेनिटाइजर,अक्सिमीटर १ थान ,थर्मल गन १ थान ,फेस शिल्ड १० थान,सर्जिकल मास्क १० थान,सर्जिकल गगल्स १० थान र केएन ९५ मास्क रहेकाछन् ।

वडा नम्बर १ मा भएको कार्यक्रममा नेपाली काग्रेश वडा नम्बर १ का वडा सभापति सुर्य थिङको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष आइतमान लामा स्वास्थ्य इकाइ प्रमुख मिलन लामा लगायत को उपस्थिती रहेको थियो । यस्तै वडा नम्बर २ मा भएको कार्यक्रममा वडा अध्यक्ष बखान सिङ लामा,नेपाली काग्रेश वार्ड सभापति राम प्रसाद पुडासैनी स्थानिय सामाजिक ब्यक्तित्वहरु वार्ड सदस्यहरु लगायत स्वास्थ्य इकाइ प्रमुख शान्ता न्यौपाने लगाएतको सहभागीता रहेको थियो ।